बैतडी । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनोट प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लामा रहेका क्लबहरूमा रहेका यू-१९ खेलाडीहरूलाई बोलाएर छनोट प्रतियोगिता सञ्चालन गरिएको हो । छनोट प्रतियोगितामा बैतडी ‘ए’ र बैतडी ‘बी’ गरेर दुई टोली बनाइएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहोराले जानकारी दिनुभयो ।
देहिमाडौंमा सुरु भएको उक्त छनोट प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट बैतडीको टोली घोषणा गरिनेछ । सो टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर ६ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका