बेलबारी गोल्डकपः क्यामरुनविरूद्व सिरहाको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको खेलमा सहलेस युथ क्लब सिरहाले जित हात पारेको छ । जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । डाँगीहाट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरुनको एभिनियर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो । सहलेस युथ क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएपछि क्यामरुनले गोल्डकपबाट बिदा लिएको छ ।

विदेशी पाहुना टोली क्यामरुनमाथि हावी भएको सिरहाको जितमा दुवै गोल जर्सी नं. ७ का फोडे फोफोनाले गर्नुभएको थियो । क्यामरुनलाई पन्छाउँदै सिरहाका तर्फबाट फोडेले सात र ६७औँ मिनेटमा गोल गरेर आफ्नो टोलीको खेल गरिमालाई जोगाउनुभयो ।

पहिलो हाफको अतिरिक्त समयको थप तीन मिनेटमा जर्सी नं. ७ का सोङले गोल गर्दै क्यामरुन खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो । जित आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिस्पर्धामा सिरहाले गोल गरेका कारण मध्यान्तरपछिको खेल अझै रोचक बनेको थियो । डी-बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टोलीको पक्षमा नतिजा निकाल्नुभएको थियो ।

एक्लै दुई गोल गर्न सफल हुनुभएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शकसामु प्रिय बन्नुभयो । सिरहाको तुलनामा क्यामरुनले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडीबीचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नुपर्‍यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक श्रोताको हुटिङसहितको बाक्लो उपस्थितिमा भएको खेलको ‘म्यान अफ दी म्याच’ सिरहाका पेपे घोषित हुनुभयो । उहाँले नगद पाँच हजार रुपैयाँ पुरस्कार र ट्रफी हात पार्नुभयो ।

यही २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष तथा खेल संयोजक विक्रम बान्तबा राईले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?