नयाँदिल्लीमा वायु प्रदुषणका कारण गम्भीर स्थिति

प्राइमरी स्कुलहरूमा शनिबारदेखि बिदा

Read Time = 2 mins

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदुषणका कारण गम्भीर स्थिति उत्पन्न भएको छ । नयाँदिल्लीको आनन्द विहार क्षेत्रमा एक्युआई सात सयभन्दा बढी पुगिसकेको छ । भारतकै पञ्जाबमा हिउँद लागेपछि पराल बालिँदा उडेको धुवाँका कारण भएको प्रदुषणका बारेमा भारतको संसद्मा बहस प्रारम्भ भएको छ । जसमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवारले पञ्जावमा पराल बाल्नुको जिम्मेवार किसान नभएर आफूहरू भएको जिकिर गर्नुभएको छ ।

प्रदुषणले पारेको प्रभावकै कारण दिल्लीमा अधिकांश विद्यालयले शुक्रबारदेखि पठनपाठनलाई अनलाइनमा सीमित पार्दैछन् । कतिपय प्राइमरी स्कुलहरूमा शनिबारदेखि बिदा दिइएको छ । ‘शनिबारदेखि दिल्लीमा प्राइमरी स्कुल बन्द गरिँदैछ । ठूला बच्चालाई पनि स्कुल बाहिर खेल्न बन्द गरिएको छ । जोर–बिजोरमा पनि विचार गरिँदैछ’, दिल्लीका मुख्यमन्त्री केजरीवालाले भन्नुभएको छ । दिल्लीमा भएको प्रदुषणको मुद्दा सुप्रीम कोर्टसम्म पुगेको छ । उक्त अदालतमा यो मुद्दाको सुनुवाइ १० नोभेम्बरमा हुनेछ ।

पञ्जावमा पराल बाल्दा र स्थिर वायुमण्डलीय परिस्थितिका कारण बुधबार वायु गुणवत्ता सूचकांक अति गम्भीर श्रेणीमा पुग्न लागेको थियो । यही कारणले दिल्ली र एनसीआर क्षेत्रमा डिजेलबाट चल्ने चार पांग्रे हल्का मोटर परिचालन र राष्ट्रिय राजधानीमा ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?