महालक्ष्मीको आवास कर्जा योजना

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ ।

आवास कर्जा योजनाअन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम् कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम् १५ वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटलगायतका सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

व्यावसायिक कर्जा योजनाअन्तर्गत ‘सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरूलाई थप ऊर्जा’ ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम् कर्जा प्रवाहका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?