दराज ११.११ र एनसिसी बैंकको सहकार्य

Read Time = 1 min

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । एनसिसी बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार एनसिसी बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम् १५ प्रतिशत वा २५ सयसम्म छुट र क्रेडिट कार्ड प्रयोगकर्ताले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम् २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?