पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू९भागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?