आसन्न निर्वाचन, आयोग र दलहरू

हिमालय टाइम्स
Read Time = 6 mins

आजको ठीक चौध दिनपछि नेपालमा संघीय संसद् तथा प्रदेश संसद्का लागि आमनिर्वाचन हुँदैछ । यसको सरगर्मी भनेकै यही बेला हो । हाल बाटाबाटा, गाउँबस्तीमा मत माग्न हिँडेका सानातिना दल, स्वातन्त्र उम्मेदवार, ठूला दलहरूका ठूला खालका जुलुस तथा आमसभा बाक्लै देखिने गरेका छन् । सबैका आ-आफ्नौ अभियान छन्, नारा सबैका फरक छन् र मतदाता आकर्षित गर्न तयार गरिएका घोषणापत्र पनि फरक खालका छन् । ठूला दलहरू हामीले पहिले संसद्मा छँदा यसो गर्‍यौँ र हाम्रो सरकार छँदा यसो गरेका थियौँ, हामीले गर्दै गरेका केही अधुरा काम पूरा गर्न बाँकी छन् । त्यसलाई पूरा गर्न हामीलाई मतदान गर्नुहोस् भनिरहेका छन् । अझै तिनले मतदातासँग हामीले थालेको काम विपक्षीको विरोध र अवरोधका कारण पूरा हुन नसकेको हो ।

त्यसैले तिनलाई होइन हामीलाई मत दिनुहोस् भन्दैछन् । उता प्रतिपक्षका रहेका सरकार पक्षकाले राम्रा काम गरेनन्, भ्रष्टाचार गरे । हामी त्यसो नगर्ने प्रतिबद्धता जाहेर गर्छौं । त्यसका लागि हामीलाई मत दिनुहोस् भन्दैछन् । साना दल र स्वतन्त्रहरू पटक-पटक अरूलाई हेर्नुभयो अब हामीलाई हेर्नुहोस् भनिरहेका छन् । जनता नै जनार्दन हुन् भनिन्छ, कसलाई मत दिने भन्ने निर्णय जनताको हो । त्यो भोलिका दिनमा तिनले जाहेर गरी हाल्छन् तर राजनीति गर्नेहरूले राजनीतिक संस्कारको पालना नगरिरहेको हाम्रो देशमा अन्तिममा मतदाता कसैको भड्काउमा पो लाग्ने हुन् कि भन्ने केही सन्देह भने नभएको होइन । गत तीस वर्षदेखिको अभ्यासबाट दलहरूले इमानदारीतापूर्वक काम गर्न नसकेको अथवा भनौँ नचाहेको अवस्था छ ।

दशकौँको संघर्षपछि प्राप्त प्रजातान्त्रिक अभ्यासको पूर्वसन्ध्यामै दलीय केही नेताहरू भ्रष्टाचारमा लागेको चर्चा चल्नासाथ पहिलो जनआन्दोलनका कमाण्डर लौहपुरुष गणेशमान सिंह जो सर्वमान्य नेता भनेर पनि चिनिनुभएको थियो उहाँले हाम्रा नेताहरू गनाउन थाले भनेर निर्भीकतापूर्वक भन्नुभएको थियो । त्यसबेलादेखि सुरु भएको भ्रष्टाचारको शृंखला समाप्त भएर गएन बरू त्यसले निरन्तरा पाइरहृयो, झांगिने, फुल्ने र फल्ने मौका हालको अवस्थासम्म आइपुगेको छ । साना दल र स्वतन्त्र उम्मेदवारले हाल यस्तै विषयलाई राजनीतिक मसला बनाइरहेका छन् । पटक-पटक सत्तामा पुगेका र भ्रष्टाचारको आरोप लागेका दल तथा नेताहरू भने यस्ता आरोपबाट आपूmलाई बचाउ गर्नतिर लागेको पाइन्छ । माथि नै भनियो निर्वाचन आउँन अब १४ दिनमात्र बाँकी छ ।

यति समय त जिल्ला–जिल्लामा मतपत्रलगायत निर्वाचन सामग्री पु¥याउन नै लाग्छ । निर्वाचन आयोगले मतपत्रको छपाइलगायत धेरैजसो काम पूरा गरिसकेको जनाएको छ । जुन उसको जिम्मेवारीभित्रैका काम हुन् । अस्थायी मतदाताहरूको अन्तिम सूची प्रकाशनको तयारीमा आयोग रहेको छ । यो संवेदनशील र महत्वपूर्ण विषय हो, किनभने आयोगले कतै बदनियत र कतै लापरबाही गरेका कारण कतै वास्तविक मतदाता मतदान गर्नबाट वञ्चित भएका छन् भने कतै मतदान गर्न नपाउनुपर्ने व्यक्तिहरूले मतदान गर्न नपाएको अवस्था छ । धेरैको दोहोरो मतदाता नामावली छ । गाउँघरमा नामावलीमा नाम भएका मानिसहरू आफू कार्यरत स्थानमा वा अस्थायी रूपमा बसोवास गरिरहेका ठाउँमा पनि नामावलीमा नाम लेखाउन सफल भएका छन् । कुनै उम्मेदवारको विजयका लागि त्यस्तै मतहरू निर्णायक हुन सक्छन् ।

विगतमा निर्वाचन आयोगमा यस्ता विषयको उजुरीसमेत परेको थियो । यही आधारमा आयोगले केही नामहरू मतदाता नामावलीबाट हटाएको थियो तर अझै त्यस्ता मानिसहरू नामावलीमा बाँकी नहोलान् भन्ने छैन । पहुँच पुग्ने राजनीतिक पार्टीहरूले फोटो खिचाउने मानिसलाई समेत प्रभावित गरी कुनै पदाधिकारीका घरमा ल्याएर रातभरि गैरमतदाताहरूको नामसमेत नामावलीमा समावेश गरेको कुरा स्थानीय निर्वाचनताका नै सार्वजनिक भएको विषय हो । यस्ता विषयलाई लिएर आयोगको कार्यालय जनताको घेराउमा परेको थियो । यसैलाई अन्तिम आधार त मान्न नसकिएला तैपनि आयोगले सकेसम्म निष्पक्ष रूपमै नामावली प्रकाशित गरोस्, आयोगको निष्पक्ष र तटस्थता देखियोस् । त्यसो भयो भनेमात्र आयोग विवादमा तानिनबाट जोगिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?