सिरहा । सिरहामा चुनावको मुखमै एमाले परित्या गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेका छन् । गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराउनु भएकाे हाे ।
गोलबजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार-६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
नवआगन्तुकहरुलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गर्नुभयाे । उहाँले आफू पदमा रहँदा वा नहुँदा पनि सधैँ जनताको सेवामा रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मैले राजनीतिक जीवन सुरू गरेदेखि नै जनताको काममा रिन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो ।’
सोही क्रममा उहाँले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको बताउनुभयाे । उहाँले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताउनुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका