सोलुखुम्बुको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारले जित्नै पर्छ : नेता केसी

Read Time = 4 mins

काठमाडौं । कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ ।

सोलुखुम्बुमा आयोजित बृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताउनु भयो । उहाँ सोलुखुम्बुमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनु हो ।

सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उहाँले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको दाबी गर्नुभयो। सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत रहन आग्रह गर्दै उहाँले आफू केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने व्यक्ति भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गर्नुभयो ।

६ पटक चुनावी प्रतिस्पर्धामा उहाँचारपटक निर्वाचित हुनु भउको थियो। ‘मैले ६ पटक चुनाव लडेँ । चारपटक जिताउनु भयो, दुईपटक पराजित भएँ,’ नेता केसीले भन्नुभयो, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको । पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ ।’

पाँचदलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उहाँले भन्नुभयो, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो । म पाँच दलको साझा उम्मेदवार हुँ । पाँच दलको सहयोगमा मैले चुनाव जित्छु नै, यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु ।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उहाँले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताउनु भयो। संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?