कपडामा सल्किएको आगोले बाजुरामा ५ महिने शिशुको मृत्यु

सांकेतिक तस्बिर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुरामा ५ महिने शिशुको आगोमा जलेर मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका वडा नम्बर—९ अगाउपानीमा ५ महिने शिशुको आगोमा जलेर मृत्यु भएको हो ।

आइतबार बिहान साढे ७ बजेको समयमा ज्ञानबहादुर धामीको घरको चुल्होमा बलिरहेकोे आगोको रापले नजिकै रहेका लत्ता कपडामा सल्किदा शिशु लाई राखेको ठाउँसम्म आगो सल्किएपछि ५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो ।

उहाँका अनुसार शिशुलाई चुल्होको नजिकै सुताइराखेको र कपडामा सल्किएको आगोलो जलेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
घटनाको अझै विस्तृत विवरण आउन भने बाँकी नै रहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?