सिरहा-२ मा चित्रलेखा यादव र राजकिशोर यादवसहित २४ जनाको भिडन्त, कसले मार्ला बाजी ?

हिमालय टाइम्स
Read Time = 4 mins

सिरहा । सिरहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

सिरहा २ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्‌वारहरू अन्यक्षेत्रमा घरभएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ। उहाँले माइती नवराजपुर ४ नहरनियाँबाट मतदान गर्दै हुनुहुन्छ ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उहाँ पनि यस क्षेत्रका मतदाता हुनु होइन । उहाँ नरहा गाउँपालिका ३, चोहर्वाका हुनु हो । उहाँ प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्नुहुन्छ। पहिलो संविधानसभा २०६४ मा सिरहा ६ बाट विजयी हुनु भएको उहाँ दोस्रो सम्विधानसभा २०७० मा त्यहीँ पराजित हुनु भएको थियो । २०७४ मा सिरहा ४ बाट विजयी हुनुभएका उहाँ अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा हुनु हुन्छ । उहाँको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उहाँ २ नम्बरमा जानु भएको हो ।

यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। उहाँ पनि यस क्षेत्रका मतदाता हुनु होइन । उहाँ सिरहा नगरपालिका १९ सन्हैठाका मतदाता हुनु हो । सन्हैठा सिरहा क्षेत्र नम्बर ३ मा पर्छ। प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँनु हुने छैन । उहाँ पनि सिरहा ४ नम्बर वडाका मतदाता हुनु हो । उहाँको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ।

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएको छ । उहाँसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन्।

यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेको दाबी गरिएको छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हो ।

-मुकेश कुमार यादब

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?