मतपेटिका साटिन्छ कि भनेर आशंका नगरे हुन्छ : प्रमुख आयुक्त थपलिया

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो भनाई राख्नु भएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहो¥याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता समेत व्यक्त गर्नु भयो । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टिकरण थियो ।

उहाँले भन्नु भयो, ‘मैले करिव ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु । मेरो अनुभवले अहिले आएर हेर्दाखेरी यो मतपेटिका कसरी साटिदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ । म यसलाई प्रष्ट पारौं । मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मैले भन्नैपर्ने हुन्छ । मटपेटिका कसरी साटिन्छ आखिर हिजो त भए छ नि । मैले त्यो दिब्यज्ञान प्राप्त गर्न सके भने त्यस्तो हुन नदिने कुराको ग्यारेन्टी गर्छु, जुनसुकै मूल्य चुकाउन परोस् । तर त्यो दिब्यज्ञान कहीँबाट प्राप्त होस् । मैले बुझेको सत्य के मात्रै हो भने एउटा कुनै केशमा अघि आदरणीय अग्रजहरुले भनिसक्नु भएको छ । झण्डैझण्डै १० प्रतिशत मतपत्र हामी बढि छाप्छौं । ताकि एउटा मतदान केन्द्रमा १ हजार टेन्टेभिव मतदाता हुन्छन । मानि लिनोस हजार जना मतदाता हुन्छन भने त्यहाँ हामी ११ सय मतपत्र पठाउँछौं । कुनै च्यात्तिन सक्छ । कुनै टुटेको हुन सक्छ । टुटफुट सबै हेरेरै पठाउने हो । त्यति हामीले पठाउँछौं । यहाँबाट मतपत्र छापिन्छ । अहिले निर्वाचन अधिकृतको कार्यालयमा गएको छ । त्यसपछि त्यो मतदान केन्द्रमा निर्वाचन अधिकृतले लिएर जान्छ । र, यो सबै छरिन्छ । हरेक ठाउँका मतपत्र फरकफरक हुन्छ । अव कसैले मतपेटिका छाप्दा सेक्युरिटी कोड हुन्छ । प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड हुन्छ । त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौं । त्यहाँको मतपत्रमा त्यस्तो सेक्युरिटी कोड हुन्छ भनेर । सम्झनुस कसैले मतपेटिका फे¥यो भने के खाली मतपेटिका फेर्ने कि हालेको मतपेटिका फेर्ने ? त्यो मतपत्र कहाँ हुन्छ र हाल्ने । हामीले के भन्न प¥यो भने कि अर्को साटने गरी मतपत्र पठाएको छ भनेर शंका गरिदिनु । त्यो मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । अव जेलाई पनि आशंका नै गर्ने हो भने तरिका जान्दै नजानिकन मलाई मेरो पद सकिन्छ कि डर छ । यसलाई म प्रष्ट पारौं–मेरो बुझाईमा मेरो अनुभवमा कसैले कहीँ मतपेटिका साटन सक्ने सम्भावना छैन । यस्तो खालको आशंका नराखिदिन म विनम्र अनुरोध गर्दछु । ’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताउनु भयो । उहाँले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताउनु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गर्नु भयो । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उहाँको भनाई थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ । यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गछौं । हाम्रो निष्ठामाथि शंका नगरिदिनोस् । बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस् ।’

निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?