Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपालमा पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो ।

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।

२८ जना कोरोना सङ्क्रमित

आज कोभिड-१९ को २८ जनामा सङ्क्रमित थपिएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ ।

योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ रहेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?