नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्न एमाले चाहिएको छ : उपाध्यक्ष पोखरेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज यहाँ आयोजित बन्दसत्रमा बोल्दै उहाँले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन नेकपा (एमाले)ले चाहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति बनाउन एमालेले चाहेको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै सङ्घर्ष गर्नुपरेको स्मरण गर्नुभयो । सङ्गठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा सङ्गठन हार्ने बताउँदै उहाँले सङ्गठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राख्नुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?