गल्फको उपाधि राणालाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुरेन राणाले सातौँ संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जित्नुभएको छ । किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याउनुभयो भने बस्नेतले २० अंक हात पार्नुभयो ।

बस्नेत उपविजेता बन्नुभयो । निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड जित्नुभयो । महिलातर्फ गीता गुरुङ ३० अंकसहित विजयी हुनुभयो । महेन्द्र मैनाली ३६ अंकका साथ सिनियर (६० वर्ष र माथि) विजेता बन्नुभयो ।

लक्ष्मी बैंकका ग्राहकमध्ये आङदोर्जी शेर्पा ३७ अंकका साथ विजयी हुनुभयो । आइस्टिना टण्डनले ४१ अंक जोड्दै जुनियर ट्रफी जित्नुभयो । क्याप्टेन नोर्बु शेर्पाले लंगेस्ट ड्राइभ, मिथुन राईले क्लोसेस्ट टु दि पिन र वाङ्चेन धोन्डुपले मोस्ट बर्डीको अवार्ड पाउनुभयो ।

लक्ष्मी बैंकले प्रायोजन गरेको प्रतियोगिता स्टेबल फोर्ड ढाँचामा तीन÷चार हृयान्डिक्यापमा खेलाइएको थियो । प्रतियोगितामा सबै ११३ गल्फ खेलाडीको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई लक्ष्मी बैंकका अध्यक्ष रमन नेपाल, प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र जोसेफ नाथनलगायतले पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?