शीर्ष खेलाडीको सुरुवाती अग्रता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाइनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापित, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षेत्री समान दुई÷दुई अंकका साथ अग्रता लिन सफल हुनुभयो ।

च्याम्पियनसिपका शीर्ष खेलाडी पूर्व-राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुरका जगन्नाथ ताम्राकार तथा दोस्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गर्नुभयो । त्यसैगरी तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोस्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जित हात पार्नुभयो ।

पूर्व-राष्ट्रिय च्याम्पियन नवीनले बर्दियाका किरण नापित तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व-राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाउनुभयो ।

रूपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल हुनुभयो । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथि जित दर्ज गर्नुभयो । दुई चरणको समाप्तिपश्चात् काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जितबहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहनुभएको छ ।

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा जारी तीनदिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड इभेन्ट्स नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाडांैमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाली बुद्धिचाल खेल जगत्का पहिलो पुस्ताका खेलाडीहरूलाई मध्यनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनसिपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामार्फत् नेपालमा पहिलोपटक डिजिटल चेस बोर्डसमेत प्रयोगमा ल्याएको छ ।
सातै प्रदेशका ३४ जना खेलाडीको सहभागिता रहेको च्याम्पिनससिपको कुल पुरस्कार राशि एक लाख ७४ हजार रुपैयाँ रहेको छ । स्विस लिगअनुसार सात चरणमा सम्पन्न हुने च्याम्पियनसिपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?