भारत र पाकिस्तान सेमिफाइनलमा

Read Time = 4 mins
A A- A+

मेलबर्न । अष्ट्रेलियामा जारी आइसिसी टी-ट्वान्टी विश्व कप क्रिकेटमा भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा जिम्बाबेलाई ७१ रनले हराउँदै भारत समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो । भारतले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाबेले १७ ओभर दुई बलमा अलआउट हुँदै ११५ रनमात्र बनाउन सक्यो ।

जिम्बाबेका लागि रायन ब्रुलले ३५ रन जोड्दा सिकन्दर राजाले ३४ रन बनाउनुभयो । कप्तान क्रेइग इर्भिनले १३ तथा सिन विलियम्सले ११ रन बनाउनुभयो । भारतका रविचन्द्र आश्विनले तीन तथा मोहमद शामी र हार्दिक पाण्डेयले दुई÷दुई विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

यस्तै, केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । विराट कोहलीले २६ रन जोड्दा हार्दिक पाण्डेयले १८ तथा कप्तान रोहित शर्माले १५ रन जोड्नुभयो । जिम्बाबेका सिन विलियम्सले दुई विकेट लिनुभएको थियो । जितसँगै भारतले समूह दुईमा पाँच खेलमा आठ अंक जोड्यो र शीर्षस्थानमा रहृयो । जिम्बाबे भने तीन अंक जोडेर समूहको पुछारमा रहृयो ।

यस समूहबाट पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ । पाकिस्तानले पाँच खेलमा ६ अंक जोड्यो । भारतको यस जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा न्युजिल्याण्डले पाकिस्तानको सामान गर्नेछन् । समूह एकबाट न्युजिल्याण्ड शीर्ष र इंग्ल्याण्ड दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका छन् ।

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको थियो । नेदरल्याण्डसँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो । एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा पाँच विकेट गुमाएर १२८ रन पूरा गरेको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?