कोलम्बो । श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला पक्राउ परेका हुन् । एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै पक्राउ गरिएको हो । प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले ती महिलामाथि यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । ती महिलाको उजुरीपछि थप छानविन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ । उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन् ।
प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनीबिनै आज स्वदेश फर्किएका छन् । अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । गुनाथिलका चोटका कारण टी–ट्वान्टी विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए । उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए । तर पनि उनी अष्ट्रेलियामै रहेका थिए । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका