काठमाडौं । गीतकार मोहित मर्दन थापाको नयाँ गीत ‘बिहानी पख चरीले’ सार्वजनिक भएको छ । विश्व नेपालीको स्वर, मनोहर सुनामको संगीत तथा संगीत संयोजन र भोला पौडेलको मिक्सिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतको लिरिकल भिडियो भकारी एमडिसीको वेष्टटोन म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीत थापाको ‘मोहित’ एल्बममा समावेस छ । अब छिट्टै एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको मोहितले जानकारी गराउनुभयो । थापाको यो पहिलो गीति एल्बम हो । मोहित मर्दन अमर सर्जक स्व. जगतमर्दन थापाका छोरा हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका