‘तिम्रो मेरो साथ’को ‘रुमालै बाटेर टाई बनाम’ गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार

Read Time = 3 mins

काठमाडौं । आगामी पुस २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । चलचित्रको यही तिहारमा सार्वजनिक ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो ।

यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीनवटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ । सहभागीले हृयासरुमालै बाटेर, हृयास तिम्रो मेरो साथ, हृयास रमेश एमके पौडेल हृयासट्याग प्रयोग गर्नुपर्नेछ ।

सहभागीले यी हृयासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिने बताइएको छ । यो प्रतियोगिता चलचित्रका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागू हुनेछ । चलचित्रमा तीनवटा गीत छन् । मेलिना राई र जगदीश समालको स्वर रहेको ‘रूमालै बाटेर टाई बनाम’मा सुभाष भुसालको संगीत र बि पाण्डेको शब्द छ ।

निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु रहेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी शाह का साथमा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्क बहादुर पुन (खबपु)लगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रलाई सवीर श्रेष्ठ र बाबुराम निरौलाले संयुक्तरूपमा लेख्नुभएको हो ।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ लामा निर्माता हुनुहुन्छ भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सहनिर्माताका रूपमा हुनुहुन्छ । सवीर श्रेष्ठ यो चलचित्रको कार्यकारी निर्माता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?