सेयर बजारमा उच्च कारोबार

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ८.०९ अंकले बढेर ३८७.५२ अंकमा पुगेको छ भने एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता सेयर कारोबार भएका हुन् । यस दिन सेयर बजारको कुल बजार पुँजीकरण २८ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।

नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने एभरेष्ट बैंक सात करोड नौ लाख, हिमाल दोलखा हाइड्रोपावर छ करोड ७५ लाख, शिवम् सिमेन्ट्स चार करोड ४४ लाख, मेरो माइक्रोफाइनान्स संस्थापक तीन करोड ८९ लाख, नबिल बैंक तीन करोड ८२ लाख, नेपाल पुनर्बिमा कम्पनी तीन करोड ५४ लाख र फरवार्ड लघुवित्तको तीन करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

पाँच लघुवित्त कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पा, मानुषी, नेष्डो समृद्ध, उपकार र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरका लगानीकर्ताको सर्वाधिक ३.४८ प्रतिशतले सेयर मूल्य घटेको छ भने नबिल इक्विटी फण्ड र आरबिबी म्युचुअल फण्डका इकाईको पनि दुई प्रतिशतभन्दा बढीले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?