इन्टरनेट सचेतनामा वल्र्डलिंक

Read Time = 2 mins

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्सको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना गरिएको छ । कम्पनीले पुल्चोक क्याम्पस (इन्जिनियरिङ अध्ययन संस्थान) को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्दैछ । कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा कक्षा आठदेखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुने बताइएको छ । सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिकालगायतका विषयमा सचेतना गराइने कम्पनीले जनाएको छ ।

प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताउनुभएको छ । कार्यक्रमलाई साथ दिँदै चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ । लोकसतर्फबाट कुल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?