निर्वाचनमा मतपेटिका साटिने आशंका नगर्न प्रमुख आयुक्त थपलियाको आश्वासन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ । आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सँगको सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँ कतै हुन नदिने दृढतासमेत व्यक्त गर्नुभयो । ‘हामीले हरेक निर्वाचन केन्द्रका लागि झण्डै झण्डै १० प्रतिशत मतपत्र बढी छाप्छौँ । एउटा मतदान केन्द्रमा एक हजार टेन्टेटिभ मतदाता छन् भने त्यहाँ हामी ११ सय मतपत्र पठाउँछौँ । कुनै च्यातिन सक्छ । कुनै टुटेको हुन सक्छ । टुटफुट सबै हेरेरै पठाउने हो’ प्रमुख आयुक्त थपलिया भन्नुहुन्छ, ‘प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड हुन्छ । त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौँ । त्यसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको समेत बताउनुभयो । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरूको अनुभवलाई आत्मासात गरेर अघि बढ्नेसमेत उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचनमा करिब १० हजार पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एकजना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?