मेरो अतित मेरो अनुभव : बाल्यकालका केही झझल्काहरू

Read Time = 12 mins

✍️ रमेशप्रसाद गौतम

अतितलाई बिउझाउँदै जाँदा अरूले आफूलाई कसरी हेर्न गर्छन् भन्ने थप चासो पनि आइपर्दो रहेछ । अनुभव प्रस्तुति गर्दै कति मेटिँदै गर्दा कतै कसैको अनुभवले झस्काइदिँदा बिउँतेझैँ भएर फेरि जीवनमा केही प्रारम्भिक छुट भएका केही अंशलाई समेटी अतीत र वर्तमानलाई केही जगाउन मन गइरहेको छ । आफ्ना कुरा आफैँले भन्न सजिलो देखिएता पनि कति छुट कुराले झुटलाई प्रसय दिएझैँ हुन्छ । मेरा लेखनीका विगतका प्रसंगलाई जोड्दै केही थप कुरा भन्ने प्रयास गरेको छु ।

राजधानीको सदरमुकामस्थित किम्सी पुलडोल गाउँमा जन्मिएर त्यही धुलिमाटोमा खेली हिँडी हुर्कँदै आएँ । बाल्यकालकै त्यही समयदेखि नै अनेक उतारचढाव पारगर्दै आएँ । शक्तिशालीहरूको थिचोमिचोविरुद्ध सार्थक आन्दोलन र इतर आवज उठाउन कहिले पछि परिनँ । मेरो गाउँको मोह र संस्कृतिको मायाले कहिल्यै छाडेन । राजधानी नजिक भएर पनि असुविधा र अभावका बादलले कहिल्यै नछाडेको गाउँ थियो । तर, यही गाउँको माटो गन्ध, भूगोल रंग र संस्कृतिको मोह भने अझै अगाद छ । मेरो सुन्दर प्रकृतिको छटाले भरिएको मेरो सुन्दर गाउँको मोहले मलाई पच्छाइरहेको छ ।

काठमाडौं शहर नजिकको गाउँमा कष्टकर जीवन गुजार्दै गरेकी एउटी आमाले तीन दिन लामो अत्यन्त पीडादायक प्रशव वेदनापश्चात २००६ साल फागुन १ गते मलाई जन्म दिनुभयो । मेरा पिता गोविन्दप्रसाद गौतम र आमा महकुमारी गौतमका कोखबाट ९ सन्तान जन्मिएका थिए ।

घरछेउ बारीकै डिलमा उभिएको बकाइनो र स्यालपुत्रोको बोटमा चिरबिर, चिरबिर भँगेराको आवाज गुञ्जन्छ । अलिपर पँधेराकै चिलाउनेको रूखमा काग कराउँदै गरेको छ भने अलिपर पिपलको बोटमाथि कोइली निरन्तर कुकु स्वरले गुञ्जयमान छ मेरो गाउँ । तर, रूखको गति र चराको भाषा भनुँ भन्दा रमाइलो भने लागि नै रहन्न्छ । बिहानको पारिलो घामसँगै खेल्न पाउँदा साँझको जूनमा खुला पाखा र खुला डाँडामा जूनसँगै दौडेका क्षणहरूको सम्झना आइरहन्छ । घाम पूर्वबाट झुल्कँदै पश्चिमको डाँडामा अस्ताउँछ । आफ्नै गतिमा उदाउने र अस्ताउने कसरी होला ? यो भ्रमको खेतीले पनि अद्भूतको भ्र्रम छरिरहेको अनुभूति हुन्छ ।

मेरो घरमाथिको डाँडामा उभिएर बसेको लमतन्न अग्लो आइतबारेको रूखमा पाठीको बलि दिने चलनप्रति ठूलो वितृष्णा पनि छ । मनमनै लाग्छ हामी यति बिग्न हिंस्रक किन हुन्छौँ ? आफैँले आफूलाई सभ्य भन्दा पनि हिंसालाई प्रस्रय नै दिन्छौँ । धर्म, संस्कृति जसरी विकास हुँदैआएका छन् त्यसरी नै तिनको सुसंस्कृत तरिकाले व्यवहार हुन सके मानव इभालुसनको सार्थकता देखिने थियो । अनि गाउँ र शहरका मानिसले अहिंसा र शान्तिको मार्ग सहजै पहिल्याउने थिए ।

काठमाडौं शहर नजिकको गाउँमा कष्टकर जीवन गुजार्दै गरेकी एउटी आमाले ३ दिन लामो अत्यन्त पीडादायक प्रशव वेदनापश्चात २००६ साल फागुन १ गते मलाई जन्म दिनुभयो । मेरा पिता गोविन्दप्रसाद गौतम र आमा महकुमारी गौतमका कोखबाट ९ सन्तान जन्मिएका थिए । जसमा जेठा दाजु बाबुराम, माइला केशव, साइला श्रीधर अनि दिदी कमला, अनि मुकुन्द त्यसपछि रमेश अनि उमेश, बहिनी गीता र अन्त्यमा नरेश भाइ जन्मिए । हामी नौमध्ये बाल्यकालमै दिदी कमलाको देहावसन भयो ।

केशव दाइलाई २०११ सालको बिफरको महामारीले लग्यो र दाइ मुकुन्दको पनि २०१३ सालमा कलेजोको रोगको उपचारको क्रममा शान्त भवनमा मृत्यु भयो । जेठा दाजुको २०६३ साल जेठ महिनामा ७३ वर्षको उमेरमा देहावसन भयो । जेठी भाउजूको पनि २०६६ साल श्रावण महिनामा देहावसन भयो । भाइ उमेशको २०७७ साल चैतमा मुटुको रोगले मृत्यु भयो । अहिले हामी चार सन्तान मात्र छौँ । म १८ वर्षको छँदा पिताजीलाई गुमाउनु पर्‍यो । २०२५ साल चैत महिनामा उहाँको देहावसन भयो भने आमाको २०५७ साल वैशाख महिनामा देहावसन भयो ।
दुई आमाहरूको मृत्युपछि तेस्री आमाको रूपमा हाम्री आमा यस घरमा भित्रिनुभएको थियो । तत्कालीन सामाजिक सोच र मेरा पिताजीको चिन्तन केवल छोराको चाह नै बढी देखिन्थ्यो । पहिलो आमा बित्नु भएपछि दोस्री आमासँग विवाह भयो । उहाँको पनि मृत्यु भएपछि काठमाडौंबाट टाढा मकवानपुर जिल्लाको टिष्टुङ ढल्टा गाउँका मनिचन्द्र अधिकारीकी एउटै छोरी महकुमारीसँग पिताजीको विवाहपश्चात हामी नौ सन्तान जन्मियौँ । यसपूर्व माइली आमाको कोखबाट शुभद्रा दिदीको जन्म भएको थियो तर उहाँको जन्मपछि लगत्तै माइली आमा बित्नु भयो ।

आमा भजन गाउनु हुन्थ्यो । सानै उमेरदेखि दत्ववोध र अमृत वचन जस्ता किताब पढी सुनाउनु हुन्थ्यो । अक्षर लेख्न पढ्न आमाले नै सिकाउनु भएको सम्झना अझै ताजै भएर आउँछ । पटक–पटक आमा मलाई स्वर्गबाट आएको मेरो छोरो भनिरहनु हुन्थ्यो ।

पछि हाम्री आमाले नै हेरचाह गरी हुर्काई बढाइ विवाह दान गरिदिनु भएको थियो । उहाँ पनि २०२३ सालमा बित्नुभयो । दिदी बाँचुन्जेल अर्की आमाको कोखबाट जन्मिएकी हुन् भन्ने हामी कुनै दाजुभाइ र बहिनीलाई पत्ता दिइएको थिएन, दिदीले पनि हामी सबैलाई अत्यन्त मायाँ गर्नुहुन्थ्यो ।

पिताजीकी एकजना दिदी हाम्री फुपू विवाह गरेको घर छाडेर माइतीघरमै बस्नुभएको थियो । पिताजीका चार भाइ हुनुहुन्थ्यो मेरा पिताजी कान्छो हुुनुहुन्थ्यो । फुपू दिदीलाई बाजेले घर र जग्गा दिएर राख्नु भएको हुँदा खान बस्न कुनै फिक्री थिएन । फुपू दिदी मेरा पिताजीकैमा बस्नुहुन्थ्यो । उहाँले हामीलाई माया गर्नुहुन्थ्यो । उहाँको छुट्टै घर थियो । कहिलेकाहीँ हामीलाई पालैपालो आफ्नो घरमा लग्नुहुन्थ्यो । आफ्नै हातले मिठा मिठा चिजहरू झिकेर दिनुहुन्थ्यो । फुपू धेरैजसो हामीसँगै एउटै भान्सामा खानुहुन्थ्यो । उहाँका लागि छुट्टै घर भएकाले कहिलेकाहीँ आफ्नै घरमा पकाएर खानुहुन्थ्यो । हामीलाई सँगै लगेर साथमा राखी खाना खुवाउने काम पनि गर्नुहुन्थ्यो । फूपुको मायाको सम्झना पनि गहिरो गरी आइनै रहन्छ ।

सुभद्रा दिदीको पनि श्रीमान् बित्नु भएकाले उहाँ आफ्नो घरमा नबसी उहाँकी एउटी छोरीसहित हाम्रै बाबुआमाका साथै बस्ने हुँदा हाम्रो परिवार ठूलो थियो । फुपू, दिदी, भाञ्जीसहित परिवारको संख्या १२ भन्दा पनि बढी थियो । सबै हाँसीखेली रमायर बस्ने गर्दयौँ । पिताजी संस्कृतिका अध्येता पनि हुुनुहुन्थ्यो । उहाँ दिनमा दुई पटक भागवत पाठ गर्नुहुन्थ्यो । आमा र पिताजी दुवैजना बिहान पूजापाठ गर्नुहुन्थ्यो भने साँझ आरती र भजन पाठ गर्नुहुन्थ्यो । त्यसको प्रभाव ममा पनि थियो । ३, ४ वर्षकै उमेरदेखि ढुंगा वा माटाका मूर्ति स्थापना गरी फूल टिपी पूजा गर्ने गर्दथेँ ।

आमा भजन गाउनु हुन्थ्यो । सानै उमेरदेखि दत्ववोध र अमृत वचन जस्ता किताब पढी सुनाउनु हुन्थ्यो । अक्षर लेख्न पढ्न आमाले नै सिकाउनु भएको सम्झना अझै ताजै भएर आउँछ । पटक पटक आमा मलाई स्वर्गबाट आएको मेरो छोरो भनिरहनु हुन्थ्यो । सानो छँदा म बढी आमासँगै बस्थे । कहिले बाहिर आँगनमा साथीहरूसँग खेल्दै गर्दा पनि बाहिर मटानबाट बोलाउनु हुन्थ्यो । पूजा कोठामा बिहान पूजा गर्दासँगै राखी पूजा गर्नुहुन्थ्यो । भगवानहरूको नाममा पाठ गरेको सुन्नमा मलाई पनि रमाइलो लाग्दथियो नै । दिउँसो एक टाइम पिताजी बाहिर गाउँतिर डुल्न जानुहुन्थ्यो ।

कहिलेकाहीँ मलाई सँगै लिएर जान पिताजीलाई आग्रह गर्नुहुन्थ्यो । अनि जानु पर्दथ्यो । पिताजी अलि असजिलो उकालोमा बोक्नुहुन्थ्यो । म सक्छु बोक्नु पर्दैनभन्दा पनि हात समातेर उचाल्दै लानु हुन्थ्यो । पिताजी प्रायः बाबु दाइ भन्ने पण्डित खलकको घरतर्फ जानुहुन्थ्यो । प्रायः म पनि सँगै त्यही पुग्दथेँ । त्यस बेला मेरो उमेर ३-४ वर्षभन्दा बढी थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?