Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट ‘डिस्चार्ज’

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने प्रयास असफल हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक संकट थप चुलिएको छ।

पूर्व सूचनामन्त्री फवाद चौधरीले खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे। आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ । एजेन्सी

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?