हिमवत्खण्डका नारी : हिजो र आज

Read Time = 19 mins

✍️ मणि शर्मा

जब विश्वको प्राचीनतम सभ्यता सनातनी सभ्यताका नारीहरू आफूसँग भएको शृंगारको साधनले सजिएर, सिउँदोभरि सिन्दूर लगाएर, आँचलले वक्षस्थल छोप्दै बाहिर निस्कन्थे तब उनीहरूको सौन्दर्य हेर्ने लायक हुन्थ्यो । जब तिनीहरू पूजा वा व्रत आदिमा शिरमा आँचल राख्दै पूजाको थाली लिएर मन्दिर जान्थे उनीहरूको अनुहारमा देखिने पवित्र दिव्यता हेर्ने लायक हुन्थ्यो । कन्या होस् वा विवाहिता देवीका रूप हुन्थे । हाम्रो पहिरन हाम्रो सभ्यताको परिचायक हो । चाहे त्यो सारी र ब्लाउजमा होस् वा गुन्युचोलीमा । आफ्नो धर्मसँग हुनुको लाभ आफूसँग समस्त पुरुषहरूको आशिर्वादको छायाँ आफूसँग हुनु हो । तर, आज नारीहरू, किशोरीहरू हुन वा प्रौढ आफूलाई आधुनिक देखाउने होडमा नागिँदै गइरहेका छन् ।

सामाजिक सञ्जालमा अर्धनग्न तस्वीरहरू राखेर, भद्दा भाव भंगिमा देखाएर आफूलाई नंग्याउँदै गइरहेका छन् । अर्धनग्न शरीर क्षणिकलाई यौन उत्तेजना बढाउने हुन्छ जबकि वस्त्रले छोपिएको शरीर आकर्षक र मर्यादाको प्रतीक हुन्छ । आज बलात्कारको घटनाहरू बढ्नु र नारी आफूले पुरुषलाई जालमा पारेर आफैँ बलात्कार गरी सौदाबाजी गर्ने र सौदाबाजी नमिले कानुनका शरणमा जाने घटनाहरू बढ्दै गइरहेका छन् । गैरसरकारी संस्थाहरूको यस्तो घटनाहरूलाई प्रोत्साहित गर्नुमा महत्वपूर्ण हात छ । यो सबै हाम्रो पश्चिमा शिक्षा प्रणालीको दोष हो । हाम्रो शिक्षा प्र्रणाली नै समाजलाई खल्बल्याइरहेको छ । यही मुलुकमा राजेन्द्रलक्ष्मी जस्ती नारी थिइन् जसले पुरुषको भेषमा घोडामा चढी नेपाल एकीकरणको नेतृत्व गरेकी थिइन् ।

धेरैजसो भ्रष्टाचार नेता पत्नी र मन्त्री पत्नीहरूको उक्साहटमै हुने गर्दछ । चाहे त्यो प्रथम महिला नै किन नहोस् । कर्मचारीतन्त्रमा पनि यही अवस्था छ । नारीमात्र होइन् आज पुरुषहरू पनि संस्कारविहीन भएका छन् ।

यहाँ त्यस्ता वीर नारीहरू थिए जो नेपाल एकीकरणको महायज्ञमा काखमा साना नानीहरू लिएर नालापानीको युद्धमा लडेर आफ्नो जीवनको बलिदान दिएका थिए । आज खोइ त्यस्ता नारी ? आज फेसनको रंगमा डुबेका नारीहरू आफू त आफू आफ्नो सनातन धर्म, संस्कृतिलाई समेत बर्बाद गरिरहेका छन् । संस्कार हराउँदै गएको छ । पश्चिमा संस्कृतिमा आफूलाई ढालेका यी नारीहरू जो आफूलाई आधुनिक देखाउने होडबाजीमा नंग्याउँदै लगिरहेका छन् जो प्रायः सबै सनातन धर्मावलम्बी छन् । मुस्लिम नारीहरूले आफ्नो इस्लाम संस्कारलाई छोेडेका छैनन् । अहिले पनि बुर्का लगाउँछन्, दिनहुँ नमाज पढ्छन्, कुरान पढ्छन् । के हाम्रा नारीहरू वेद, गीता, पुराणहरू पढ्ने गर्छन् ?

सनातनी नारीहरूहरू कति वीर हुन्छन् जो आफ्नो राष्ट्रप्रति गद्दारी गर्ने पतिको हत्या गर्न पछि हट्दैन, इतिहास साक्षी छ । यो इतिहास हो मारवाड राज्य भारतको । विसं १३६८ को वैशाखको महिना थियो । हिरा देका पतिले बाहिरबाट आएर ढोका ढक्ढक्याए । हिरा देले ढोका खोलिन्, सामुन्ने उनका पति विका दहिया एउटा सानो भारी बोकेर उनका सामुन्ने आएका थिए । उनको आवाज लर्बराइरहेको थियो, शरीर काँपिरहेको थियो, खुट्टा स्थिर थिएनन् ।

हिरा देले बुझिन्, मेरा लोग्ने कि युद्ध मैदानबाट भागेर आएका छन् कि त देशप्रति गद्दारी गरेर आएका छन् । पत्नीको रातो आँखा देखेर उनले म जालोरको सौदा गरेर आइसकेको छु भने । यति के भनेका थिए हिराले कुरा बुझिसकिन् । दरबारको किल्ला बनाउँदा भएको कमजोरी उनले शत्रुलाई बेचिसकेका छन् भनेर । किनकि यो रहस्य उनका पतिबाहेक अरूलाई थाहा थिएन । उनले बुझी आज उनका पतिले केही स्वर्ण मुद्राको लागि सोनगरा चौहानहरूको मानमर्यादा र प्राणमात्र संकटमा पारेर आएका छैनन् अपितु यो देशलाई विदेशीको गुलाम बनाउन सहयोग गर्न किल्लाको भेद खुंखार अलाउद्दिन खिल्जीलाई बेचेर आएका छन् ।

उनीभित्र गइन् र छोरीको शिरमा कुल पितृलाई सम्झेर आशिर्वाद दिएर बाहिर तरबार लिएर आइन् । उनले पहिला आफ्नो सिउँदोबाट सिन्दुर पुछिन् अनि आफ्नो देशको अगाडि कसैलाई सम्झिनन्, माता चामुण्डालाई स्मरण गर्दै तरबार पतिको पेटमा रोपिदिइन् । उनले भनिन्, गद्दार केवल गद्दार हुन्छ, देशद्रोही हुन्छ, ऊ न कसैको पति हुन्छ न पिता । आफ्नो देशप्रतिको यो अनन्य निष्ठा जो आफ्नो पतिले देशद्रोह गरेपछि उसको जीवनलीला नै समाप्त पारिदिइन्, के आजका नारीहरूमा देशप्रति यो निष्ठा पाइन्छ ? न त यो निष्ठा राजनीति गर्ने दलका नेताहरूमै छ न त देशद्रोही तथा भ्रष्टहरूलाई भोट दिएर जिताउने मतबिक्रेता जनतामा ।

धेरैजसो भ्रष्टाचार नेता पत्नी र मन्त्री पत्नीहरूको उक्साहटमै हुने गर्दछ । चाहे त्यो प्रथम महिला नै किन नहोस् । कर्मचारीतन्त्रमा पनि यही अवस्था छ । आज हिरा दे जस्ता नारी कहाँ पाउनु ? नारीमात्र होइन् आज पुरुषहरू पनि संस्कारविहीन भएका छन्, सनातनी संस्कार तथा सभ्यतालाई त्यागेर पश्चिमा सभ्यता र संस्कारमा ढल्केका छन् । कसैलाई परिवर्तनका लागि आवाज उठाउन भने एक्लैले गरेर मात्र हुन्छ र भन्ने गर्छन् । एक एक मिलाउँदा एघार हुन्छ । यसरी संख्या बढ्ने हो सुधारका लागि ।

यी देशद्रोही नेता र नोकरशाहका लागि हामी जनता केवल भ¥याङको काम गरिरहेका छौँ । जनता भनेको गड्यौला हो । रिढ नभएको दाँत नभएको गड्यौलाले माटो खाएर जे ओकल्छ त्यसले माटोलाई मलिलो बनाउँछ । माटो मलिलो भएपछि खेतीपाती राम्रो हुन्छ । रूख बिरुवा हुर्कन्छन् । हामी यी नेताहरूलाई हुर्काउने बढाउने काम गर्छौं र शासन सत्तामा टिकाउँछौँ तर प्रतिदान हामीले के पाउँछौँ ? उल्टै यिनीहरूले हाम्रो माटोमा रासायनिक मल, विषादी छर्केर गड्यौलालाई मार्न लगाइरहेका छन् ।

हामी बलियो हुन सुरुवात घरबाट गर्नुपर्छ । घर चलाउने आमा हुन्छिन् । आफ्ना सन्तानलाई पूर्वीय संस्कार दिने कि पश्चिमी ? आफ्ना पतिलाई इमान्दार र देशभक्त बनाउँदै पूर्वीय संस्कार पुनःस्थापित गर्न प्रेरणा दिने कि धन सम्पत्तिका लागि देश र जनताप्रति गद्दारी गर्न प्रोत्साहित गर्ने, यी सबै नारीको हातमा हुन्छ । अपराधी दैत्यहरूलाई समाप्त पार्न नारीले पुरुषलाई साथ दिएको हाम्रो इतिहास छ ।

प्रागज्योतिषपुरका राजा नरकासुर वाणासुरको संगतले दुष्ट अपराधी दैत्य बनेर देवतादेखि लिएर मत्र्यलोकका प्राणीहरूलाई दुःख दिइरहेको थियो र उसले १६ हजार सुन्दरी नारीहरूलाई बन्दी बनाएर आफ्नो बन्दीगृहमा राखेको थियो ।

श्रीकृष्ण उनको वध गर्न आफ्नी तेस्री पत्नी सत्यभामालाई सँगै लिएर प्रागज्योतिषपुर जान्छन् । युद्ध मैदानमा सत्यभामा नरकासुरसँग वीरतापूर्वक लडिरहेकी थिइन् । अन्त्यमा सत्यभामाको सहयोगले श्रीकृष्णले नरकासुरको वध गरी १६ हजार कन्याहरूको उद्धार गर्छन् । अत्याचारको विरुद्ध पतिपत्नी सँगै लड्ने हाम्रो सनातनी संस्कार हो । खोइ आज त्यो संस्कार ? आजका नारी आफैँ पश्चिमा संस्कारमा ढल्केर द्रव्यलोभमा पतिलाई दुष्कर्म र देशद्रोह गर्न उक्साइरहेका हुन्छन् भने कोही आफ्नो यौवनको जालमा पुरुषलाई फसाएर उसको जीवन बर्बाद गरिरहेका छन् ।

आज आइएनजिओ र एनजिओका पछाडि लागेर राज्य लैंगिक समानताको कुरा गरिरहेको छ । जबकि हाम्रो सनातन इतिहासमा प्राचीन कालदेखि नै लैंगिक समानता थियो जुन बेला संसारमा हामीलाई लंैगिक समानताको पाठ पढाउने मुलुकहरूको अस्तित्व विश्व मानचित्रमै थिएन । संसारको प्राचीन इतिहास फर्काएर हेरे कुनै मुलुकमा विद्याको होस् वा धर्मको यो हिमवत्खण्डबाहेक कतै महिलाहरूलाई अधिकार थिएन । पौराणिक कालमा कैयौं विदुषी महिलाहरू जन्मेका थिए जसले वेदका ऋचाहरू रचेका थिए । त्यसमध्ये केहीको उल्लेख यहाँ गर्दछु ।
देवमाता अदिति चार वेदको प्रकाण्ड विद्वान थिइन् । उनी दक्ष प्रजापतिकी कन्या र कश्यप ऋषिकी पत्नी थिइन् । उनले आफ्नो पुत्र इन्द्रलाई वेदको यति ज्ञान दिएकी थिएन् कि त्यसको तुलना कसैसँग गर्नै पर्दैन । यसैको बलमा उनी तीन लोकका पति भए । इन्द्रकी पत्नी शची पनि वेदको प्रकाण्ड विद्वान थिइन् । ऋग्वेदको कैयौं ऋचाको सूक्तहरू माथि शचीले अनुसन्धान गरेकी थिइन् । यिनी विदुषीमात्र होइन नीतिवान पनि थिइन् । यिनले आफ्नो पतिद्वारा गुमेको राज्य तथा पद प्रतिष्ठा आफ्नो ज्ञानको बलमा पुनः प्राप्त गरेकी थिइन् ।

शतरूपा स्यामभूव मनुकी पत्नी थिइन् । उनी चारै वेद र योगशास्त्रको प्रकाण्ड विद्वान थिइन् । सन्ध्या वेदहरूको प्रकाण्ड विद्वान थिइन् । यिनले महर्षि मेधातिथिलाई शास्त्रार्थमा पराजित गरेकी थिइन् । उनी यज्ञ सम्पन्न गर्ने पहिलो महिला पण्डित थिइन् । उनकै नामबाट प्रातःसन्ध्या र सायं सन्ध्याको नामाकरण भएको हो । विदुषी अरुन्धती महर्षि वशिष्ठकी पत्नी थिइन् । उनी पनि वेदहरूको प्रकाण्ड विद्वान थिइन् । उनी एकमात्र यस्ती विदुषी हुन् जो आफ्नो ज्ञानको बलमा सप्तर्षि मण्डलमा ऋषि पत्नीको रूपमा विराजमान छिन्, पति वशिष्ठको छेवैमा । घोषा काक्षिवानको पत्नी थिइन् । यिनलाई कुष्ठरोग लागेको थियो । रोगको निवारणका लागि यिनले वेद र आयुर्वेदको गहन अध्ययन गरिन् ।

यिनी कोढी भए तापनि विदुषी र ब्रहृमवादिनी बनिन् । अश्विनी कुमारले यिनको चिकित्सा गरेर कोढ निको भएपछि यिनी त्यस कालकी सबैभन्दा सुन्दरी नारी भइन् । विश्ववारा वेदहरू माथि अनुसन्धान गर्ने महान् विदुषी थिइन् । ऋग्वेदको पाँचौं मण्डलको द्वितीय अनुवादको अट्ठाइसौं सूत्र षड्ऋकहरूको सरल रूपान्तरण यिनलै नै गरेकी थिइन् । महर्षि अत्रिको कुलमा जन्मेकी यिनले वेद ज्ञानको बलमा ऋषि प्रद प्राप्त गरेकी थिइन् । अपाला पनि अत्रि ऋषिको वंशकी हुन् । यिनलाई पनि कुष्ठ रोग लागेपछि आयुर्वेदमाथि अनुसन्धान गरिन् ।

सोमरसको खोज यिनले नै गरेकी थिइन् । इन्द्रले यिनीबाट सोमरस लिएर कुष्ठ रोग निको पार्न सहयोग गरेका थिए । आयुर्वेद चिकित्सामा यिनी सर्वश्रेठ भएपछि वेदहरूको अनुसन्धानमा यिनी संलग्न भइन् । ऋग्वेदको अष्टम मण्डलको ९१औं सूत्रको एकदेखि सातसम्मको ऋचाहरूको संकलन यिनले गरेकी थिइन् । तपती आदित्यकी पुत्री तथा सावित्रीकी कान्छी बहिनी थिइन् । यिनी पनि वेदहरूको प्रकाण्ड विद्वान् थिइन् । उनको रूप तथा गुणहरूबाट प्रभावित भएर अयोध्याका राजा संवरणले उनीसँग विवाह गरेका थिए ।

अत्याचारको विरुद्ध पतिपत्नी सँगै लड्ने हाम्रो सनातनी संस्कार हो । आजका नारी भने आफैँ पश्चिमा संस्कारमा ढल्केर द्रव्यलोभमा पतिलाई दुष्कर्म र देशद्रोह गर्न उक्साइरहेका हुन्छन् भने कोही आफ्नो यौवनको जालमा पुरुषलाई फसाएर उसको जीवन बर्बाद गरिरहेका छन् ।

तपतीले आफ्नो पुत्र कुरुलाई स्वयं वेदहरूको शिक्षा दिएकी थिइन् जसको नामबाट कुरु वंश स्थापित भएको थियो । वाक् अभ्राण ऋषिकी कन्या थिइन् । उनी प्रसिद्ध ब्र्रहृमज्ञानी थिइन् । उनले अन्नमाथि अनुसन्धान गरेकी थिइन् । उनले आफ्नो युगमा उन्नत खेतीका लागि वेदहरूको आधारमा नयाँ नयाँ बिउहरू उत्पादन गरेर किसानहरूलाई देखाएकी थिइन् । गार्गीका पिताको नाम वचक्नु थियो, त्यसैले यिनलाई वाचक्नवी पनि भनिन्छ । गर्ग गोत्रमा जन्मेकीले यिनलाई गार्गी भनिएको हो ।

यिनी वेद शास्त्रहरूको प्रकाण्ड विद्वान थिइन् । राजा जनकको दरबारमा यिनलै महर्षि याज्ञवल्क्यलाई शास्त्रार्थमा पराजित गरेकी थिइन् । विदुषी सुलभा राजा जनकको दरबारको परम विदुषी थिइन् । यिनले शास्त्रार्थमा राजा जनकलाई पराजित गरेकी थिइन् र नारी शिक्षाका लागि शिक्षणालयको स्थापना गरेकी थिइन् । लोपामुद्रा महर्षि अगस्त्यकी धर्मपत्नी थिइन् । यिनी महान् विदुषी थिइन् । यिनले आफ्नो आश्रममा राम, सीता र लक्ष्मणलाई ज्ञानको शिक्षा दिएकी थिइन् । विदुषी उशिजा दीर्घतमा ऋषिकी पत्नी थिइन् । यिनका पुत्र महर्षि काक्षिवान र दीर्घश्रवा महान् ऋषि थिए । यिनले ऋग्वेदको प्रथम मण्डलको ११६ देखि १२९ सम्मका ऋचाहरू माथि अनुसन्धान गरेकी थिइन् ।

आज यो हिमवत्खण्डमा माथि उल्लेखित विदुषी नारी दुर्लभ छन्, आजका नारी सौन्दर्य तथा यौनका पुतला भएका छन् । यो हिमवत्खण्ड नेपालले प्राचीन कालमा यस्ता विदुषी नारीहरू जन्माएका थिए । आज ठीक यसको विपरीत अवस्था छ । यदि सनातनी नारीहरू विदुषी भएपछि स्वतः संस्कारी, सभ्य, इमानदार तथा देशभक्त बन्छन् । यस्ता नारीहरूले चाहे भने पुरुषलाई इमान्दार र देशभक्त बनाउन सक्दछन् । के हाम्रा नारीहरूमा यो दृढता वा शक्ति छ ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?