अनुगमन अधिकृतलाई सुरक्षा माग गर्दै आयोगद्वारा प्रहरीलाई पत्रचार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा खटिएका प्रमुख कोष नियन्त्रक रूद्रबहादुर कार्कीलाई सुरक्षा दिन निर्वाचन आयोगले प्रहरीलाई आग्रह गर्दै पत्र पठाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएर निर्वाचन अनुगमन अधिकृत कार्कीलाई सुरक्षा दिन आग्रह गरेको हो । कार्कीलाई पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका रमेश रिजालले धम्की दिएको आयोगले जनाएको छ ।

उक्त पत्रमा रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?