प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था जटिल

फाइल तस्विर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ ।ुकेही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि पःन अस्पताल भर्ना गरिएको हो ।

उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सीतालाई शनिबार भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ ।

यसअघि १५ दिन अस्पताल राखेर कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएको थियो ।

प्रचण्डकी छोरीसमेत रहनुभएकी उहाँको सचिवालयकी सदस्य गंगा दाहालले पनि आफ्नी आमाको स्वास्थ्य लाभको कामना गरेर सामाजिक सञ्जालमा तस्बिर राख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?