स्याङ्जामा वीपी काङ्ग्रेसका उम्मेदवारद्वारा उम्मेदवारी त्याग, राजु र कुमारलाई समर्थन

हिमालय टाइम्स
Read Time = 2 mins

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जा जिल्लाका नेपाली काङ्ग्रेस वीपीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी त्याग गरेका छन् । स्याङ्जा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि वीपी काङ्ग्रेसबाट आँधीखोलाका नेता प्रदीप पौडेलले र सोही पार्टीबाटै प्रदेश सभाको समानुपातिकतर्फ जगतबन्धु पोखरेलले उम्मेदवारी दिनुभएको थियो ।

वीपी काङ्ग्रेसका दुवै जना उम्मेदवारले काङ्ग्रेसका क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु थापालाई र प्रदेश सभा सदस्यका उम्मेदवार कुमार रानालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी त्याग गरेको घोषणा गर्नुभएको छ ।

आँधीखोला काङ्ग्रेसका जीवित इतिहास भनेर चिनिने प्रदीप पौडेलले आफूले पार्टीमा दुःख गरेका नेतालाई सम्मान गर्ने प्रवृत्ति स्थापित होस् भनेर नैतिक दबाब सिर्जना गर्नमात्र उम्मेदवारी दिएको बताउनुभयो। काङ्ग्रेस आफ्नो जीवनकै लगानी भएकाले पार्टीलाई घात गर्न नसक्ने बताउँदै उम्मेदवारी त्यागको घोषणा गर्नुभएको हो । उहाँहरु दुवैले काङ्ग्रेसका उम्मेदवारद्वय थापा र रानालाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत् पौडेल र पोखरेल दुवैले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो । पुतलीबजार-३ हरिपाला निवासी पोखरलले वीपी काङ्ग्रेस त्यागेर नेपाली काङ्ग्रेसमा नै समाहित भएको घोषणा गर्नुभएको छ । उहाँ वीपी काङ्ग्रेसको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?