Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मंसिर ४ को चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै हो: पृथ्वीसुब्बा गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको युद्धजस्तै भएको बताउनुभएकाे छ । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको बताउनु भएकाे हाे ।

एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगातय नेपाली भू-भागहरू फेरि पनि धारापमा पर्ने उहाँकाे भनाइँ छ । उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताउनुभयाे ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्नसके मात्रै जिल्लाको विकास हुने बताउनुभयाे ।

लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनार-किनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा राखेर यो काम गर्ने बताउनुभयाे ।

त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उमेदबारहरु रहेका भन्दै नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?