छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

कैलालीको भजनी नगरपालिका-६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अविषेक चौधरी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला नगरपालिका-९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्रयाक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठोक्किई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार सर्लाही कबिलासी नगरपालिका-१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?