सजिलै चुनाव जित्न स्वतन्त्र भएर उठ्नु पर्छ !

Read Time = 10 mins

गएको स्थानीय तहको चुनाव पछि सबैभन्दा बिकेको र सबैको जिब्रोमा झुण्डिएको शब्द हो ‘स्वतन्त्र’ । अधिराज्य भरबाट पार्टीका हजारौं उम्मेदवारले जित्दै गर्दा काठमाडौंका बालेन्द्र शाह उर्फ बालेन, धरानका हर्क साम्पाङ र धनगढीका गोपाल हमालले अप्रत्याशित चुनाव जितेर यो स्वतन्त्र शब्दलाई चम्काई दिए । उनीहरुले शब्दलाई मात्र चम्काएनन् । उनीहरुले पार्टीको अधीनमा रहेरमात्र चुनाव जित्न सकिन्छ भन्ने मानसिकताविरुद्ध एउटा यस्तो भाष्यको निर्माण गरे, होइन सहजै चुनाव जित्न स्वतन्त्र भएर उठ्नु पर्दो रहेछ ।

राजनीतिक दलहरुको नीति, सिद्धान्त र मान्यतालाई तिलाञ्जली दिएर आश्वासन, स्वार्थपूर्ण र बेढंगको तर्क सुनेर आजित जनताले देशका मुख्य शहरको प्रमुखमा स्वतन्त्र उम्मेदवारलाई जिताउनु चानचुने कुरा पक्कै थिएन ।

यसै मानसिकता र लोभलालचका कारण आसन्न मंसिर ४ मा हुन गइरहेको संसदीय निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवारको बाढी आएको छ । त्यसमा पनि कोही स्वतन्त्र पार्टी नै बनाएर चुनावी मैदानमा छन् भने कोही साच्चैकै स्वतन्त्र पनि छन् भने कोही नामका स्वतन्त्र तर पार्टीका उम्मेदवारसँग उम्मेदवारी बेच्ने धाउन्नमा पनि स्वतन्त्र उम्मेदवार भएका छन् । कोही उम्मेदवारी मनोनयनका अघिल्लो दिनसम्म पार्टीको झोला बोकेकाहरु भोलि पल्ट पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् । यसपटकको चुनावी मैदानमा पार्टीले टिकट नदिएका, बागी, विद्रोही, कुनै पनि दलमा आबद्ध नभएकादेखि दल त्याग गरेकासम्म छन् ।

जनताको मर्मको ख्याल नराखी व्यवस्थालाई नै आफू अनुकूल घुमाइफिराइ आफ्नो निजी स्वार्थ प्राप्त गर्नका लागि सिन्डिकेट चलाए जसरी गठबन्धन बनाई निर्वाचनमा दलहरू जानु, संविधानको सामान्य मर्म नबुझि भएका गतिविधि र आम जनमानसका अपेक्षाविरुद्ध दलहरु जानुका कारण जनता आजित छन् ।

जनताको मर्मको ख्याल नराखी व्यवस्थालाई नै आफू अनुकूल घुमाइफिराइ आफ्नो निजी स्वार्थ प्राप्त गर्नका लागि सिन्डिकेट चलाए जसरी गठबन्धन बनाई निर्वाचनमा दलहरू जानु, संविधानको सामान्य मर्म नबुझि भएका गतिविधि र आम जनमानसका अपेक्षाविरुद्ध दलहरु जानुका कारण जनता आजित छन् ।

यसरी देशभर स्वतन्त्र उम्मेदवार खडा भइरहेका बेला मतदातालाई भने को साँच्चैको स्वतन्त्र र को देखावटी स्वतन्त्र हो ? भनेर खुट्याउन निक्कै मुस्किल छ । चुनावको अघिल्लो दिनसम्म स्वतन्त्रमै टिकी रहने र चुनाव जितिहाले पनि स्वतन्त्र नै रहिरहनेको संख्या कति होला ?  मतदाताले कस्तो मानिसलाई पूर्ण रूपमा स्वतन्त्र उम्मेदवार मान्लान् । स्वतन्त्र भनेर उठ्दैमा उ स्वतन्त्र  नै हाेला की नहाेला ! के हिजोसम्म पार्टीमा लिप्त भएर अनेकन फाइदा लिइसकेका र आज टिकट नपाएपछि स्वतन्त्र नाम दिएर उठ्दैमा ऊ स्वतन्त्र हुन सक्ला ? ठूला भनिएका पार्टीको लोभलालच र आश्वासनमा ऊ नबिकीकन टिक्ला कि नटिक्ला ? हिजो र आज मतदाताले विश्वास गर्ने खालका उसका गतिविधि आचरण होलान् की नहोलान् । स्वतन्त्र शब्द सँगै ऊ साँच्चिकै स्वतन्त्र छ की छैन ? अहिले स्वतन्त्रको नाममा पाएको अभिमतलाई उसले जितेर संसदमा गएको बखद टिकाउन सक्ला या नसक्ला जस्ता कुराले साँच्चिकै कुनै दलमा आवद्ध नभएका लाखौं लाख मतदाताले विचार भने गरेकै छन् ।

पटक पटक जनताले दिएको अवसरलाई दलहरुले सदुपयोग गर्नुको सट्टा दूरुपयोग गरे । सरकार बनाउने र गिराउने क्रमले निरन्तरता पायो । सरसर्ती भूँइमान्छेले पनि सहजै बुझ्दा लोकतान्त्रिक व्यवस्थामा गठबन्धन बन्ने अवस्था भनेको चुनावपछि सरकार बनाउन बहुमत प्राप्तिको लागि गरिनुपर्थ्याे तर, आजको परिस्थिति अलिक भिन्नै छ । सत्ता स्वार्थ र कुनै एकदलका विरुद्ध भएको गठबन्धन साँच्चीकै उनीहरुले भने झै के प्रतिगमनका विरुद्ध नै हो त ? अहिले प्रतिगमन शब्द पनि आफू अनुकूल व्याख्या र परिभाषित हुन थालेको छ । वास्तविक प्रतिगमन केलाई भन्ने ?

राजनीतिक दलहरुको बलमिच्याइँ र हेलच्यक्राईका कारण मतदाताले स्वतन्त्रका नाउमा देखिएको केही विकृति भने खुट्याउन जरुरी भने अवश्य छ । अहिले देखिएका स्वतन्त्रहरु मध्ये केही स्वतन्त्र भने पैसाको बार्गेनिङमा समेत रहेको चर्चा छ । सरसर्ती हेर्दा नाम चलेका हेबी वेट कहलिएका पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्रका नाममा उम्मेदवारी बढी पर्नुको कारण पनि त्यो होइन भन्न सकिन्न ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एकतिहाइभन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय १२ मध्ये आठ सय ६७ स्वतन्त्र उम्मेदवार छन् । जुल कुल उम्मेदवारको ३५.९४ प्रतिशत हो । यस्तै, प्रदेशतर्फ तीन हजार दुई सय २४ मध्ये ३९.६४ प्रतिशत अर्थात् एक हजार दुई सय ७८ स्वतन्त्र उम्मेदवार छन् ।

अहिलेका मुख्य पार्टी र नेताहरुप्रतिको आक्रोशलाई नै आफ्नो उपस्थितिको औचित्य स्थापित गर्न स्वतन्त्र उम्मेदवारले जोड दिएको पाइन्छ । राजनीतिक दलहरुले भिजन र पार्टीमा त्याग भएको भन्दा पनि आफू निकट नातेदार र पैसाको आधारमा टिकट वितरण गरेका कारण पनि बागीका नाउँमा स्वतन्त्र उम्मेदवार परेको छ ।

यसरी स्वतन्त्रमा बढी उम्मेदवारी पर्नुमा उनीहरुको चाहना भन्दा पनि राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको कारण हो भन्ने विश्लेषकहरुको भनाइ पनि छ । दलहरूकै व्यवहारले बढाएको नैराश्यताका कारण स्वतन्त्र उम्मेदवारी दिने बढेको उनीहरूको बुझाइ छ । दलहरुले यसरी नै जनअपेक्षा अनुसार काम गर्न नसक्ने हो भने स्वतन्त्र उम्मेदवारीको संख्या अझै बढ्दै जानेमा शंका गरिरहनु पर्दैन ।

लोकतान्त्रिक व्यवस्थामा दलहरूले गर्नुपर्ने न्यूनतम जनअपेक्षा पूरा गर्नु पर्छ । जनजीविकाको सवालमा राजनीतिक दलहरुले जनअपेक्षा पूरा गर्न असफल भएकै हुन् ।

लोकतान्त्रिक व्यवस्थामा दलहरूले गर्नुपर्ने न्यूनतम जनअपेक्षा पूरा गर्नु पर्छ । जनजीविकाको सवालमा राजनीतिक दलहरुले जनअपेक्षा पूरा गर्न असफल भएकै हुन् । दलहरूबाट नै संविधान नमान्ने, संविधान मिच्ने र व्यवस्थाको नाममा व्यवस्थालाई नै कमजोर बनाउने गतिविधि हुन थाल्नु, आफूहरुले जे गरे हुन्छ भन्दै जनतालाई केवल ५ बर्षमा एक पटक चुनावका बेला सम्झनु, सत्ता स्वार्थका लागि नीति, सिद्धान्त र विचार भन्दा तल झरेर गठबन्धन गर्नु जस्ता कारणले स्वतन्त्र उम्मेदवारी मात्र बढेको होइन निर्वाचनको परिणाम समेत पार्टी अनुकूल नहुन सक्छ ।

पार्टीमा पनि नयाँ अवधारणा र सोच चाहिन्छ । जनअपेक्षा अनुसारको परिवर्तन हुन नसकेका ठूला मानिएका दल र शीर्ष मानिएका नेतासमेतलाई सबक सिकाउन जनताले सक्छन् । लोकतान्त्रिक प्रणालीमा दलको विकल्प स्वतन्त्र नहुन सक्ला तर दलहरु नै सुध्रिएनन् भने जनताले सबक सिकाउन नसक्ने भन्ने हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?