एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन् ।
सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उनले माफी मागेका हुन् । एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवा युवती थिए ।
‘आफ्ना छोराछोरी गुमाएका आमाबुवासँग म आफूलाई तुलना गर्ने आँट गर्दिन, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उनले भने । २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच