मानबहादुर बिश्वकर्मा
कालीकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।
मंगलबार बिहान कर्णाली पुगेर जुम्ला, हुम्ला र कालीकोट जिल्लाका ३ वटा चुनावी आमसभालाई सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादर शाहीले बताउनुभयो ।
अध्यक्ष प्रचण्ड सहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाँप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने पुग्नुहुँने भएको छ । मंगलबार प्रचण्ड सहित खड्काले हुम्लाको सर्केगाड, जुम्लाको खलंगा, र कालीकोटका मान्म बजारमा हुँने चुनावी सभालाई सम्बोधन शाहीले बताउनुभयो । गठबन्धनको पक्षमा माहोल बनाउन प्रचण्डसहित गठबन्धनका शीर्ष नेता कर्णाली पुग्ने भएका हुन् ।
हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार हुनुहुन्छ भने प्रदेश सभा (क) बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा (ख) बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार हुनुहुन्छ । शाही प्रदेशको मुख्यमन्त्री भएकाले महत्त्वको साथ हेरिएको छ ।
यस्तै जुम्लाबाट हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर हुनुहुन्छ भने प्रदेश सभा (क) बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा (ख) बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् । कालीकोटबाट प्रतिनिधि सभामा माओवादी नेता महेन्द्रबहादुर शाही उम्मेदवार हुनुहुन्छ । प्रदेश सभा ९क० बाट दुर्गाबहादुर रावत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका