प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त, दुई दिन धनगढीमा रहने

Read Time = 2 mins

गोदावरी । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । आज धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहनुभएको छ ।
ने

पाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिनुभएको सचिव सुनारले जानकारी दिनुभयो । सुनारले प्रधानमन्त्री देउवा चुनावमै केन्द्रित रहेर कार्यकर्तासँग छलफलमा व्यस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनुहुनेछ । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ । प्रधानमन्त्री देउवाले बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?