काठमाडौं-१ का लोसपा उम्मेदवार प्रकाश न्यायजुको समर्थन प्रकाशमान सिंहलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौ १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उमेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गर्नुभएको छ ।

सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाउनु भएको हो । सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गर्नुभएको हो ।

काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?