दिपक वोहरालाई जिताएर पठाउनुस् गृहमन्त्री बनाउँछौ : राणा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins
A A- A+

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दिपक बोहरालाई जिताउन आग्रह गर्नु भएको छ ।

सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘दिपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं । ’
राणाले दिपक बोहराको जित सुनिश्चित रहेको बताउँदै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘दिपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’

राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरुले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सुर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयोे, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२)मा सुर्यमा मतदान गर्ने हो । ’
उहाँले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्र्रिय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताउनु भयो।

उहाँले वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारका वर्तमान गृहमन्त्री पनि दीपकको प्रतिष्पर्धीको रुपमा छन् रे, उहाँले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ । म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?