सभा-आम सभामा मतदाताहरुको सहभागीता न्यून, भोट माग्न खेतमै जान बाध्य उम्मेदवार

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बाँके । चुनावी मैदानमा रहेका उम्मेदवारहरुका लागी सभा, आम सभामा जति धरै मतदाता सहभागी हुन्छन त्यति नै हौसला बुलन्द हुदै जान्छ , तर बाँकेमा उम्मेदवारहरुले आयोजना गर्ने सभा तथा आम सभामा उल्लेखनिय रुपमा मतदाताहरुको सहभागीता नहुँदा उम्मेदवारहरुको मुख खुम्चिदै गएको छ ।

आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवाररुले प्रचार प्रसारलाई तिव्र बनाउने क्रममा सभा तथा आम सभाको आयोजना गरिरहेका छन तर ति सभा तथा आम सभामा नागरिकहरुको उत्साहजनक रुपमा उपस्थिति भएको पाइएको छैन । यो समय किसानहरु खेतमा हुने भएका कारण पनि उपस्थिति न्युन देखिएको हो । यतिखेर किसानहरुले धान भित्त्राउँदै छन् , आलु लगाउँदै छन् , जस्तो भएपनि खेतमै भएका कारण र राजनितिक दलहरुले उठाउने उम्मेदवार पनि जनताले आफनो पनको महसुस गर्न नसकेका कारण पनि मतदाताहरुको सहभागीता कम हुदै गएको कोहलपुरका सतवारी थारु बताउनु भयो ।

उहाँका अनुसार दलहरुले पुरानै नेता उठाउने पटक पटक चुनेर पठाएकाहरुले केहि नगर्ने र पछिल्लो पटक राजनिति प्रति इमानदारीता नभएकै कारण त्यस्ता सभा, आम सभामा जनताहरुको उपस्थिति कम हुने गरेको बताए । त्यस कारणले होला कोहि कोहि उम्मेदवारहरु खेतमै भोट माग्न गएको देखिन्छ ।

गाँउ घरमा कृषिको कामको चटारो भएपछि उम्मेदवारको भाषण सुन्ने जनताको कमि हुनु स्वभाविक भएको भन्दै स्थानिय वासी अव्दुल खाँले जनप्रतिधिले आफना मतदाता तथा जिल्लाका लागी केहि गर्न नसकेको कारण पनि यस्तो भएको हुँदा यस पटक सोचेर नै मतदान गर्ने बताउनु भयो । दलका उम्मेदवाररु यतिवेला मतदाता रिझाउन गाँउगाँउ वस्तीवस्ती तथा कृषकका बारीमा समेत पुगिरहेका छन् । बाँके, बर्दियाका किसानलाई धान वाली भित्र्याउँने चटारो छ । पानि परेपछि धान नोक्सान हुने भएका कारण किसान खेतमा छन । उम्मेदवारहरु नेता तथा कार्यकर्ता साथमा बोकेर खेतवारीमै पुगेर भोट माग्दै गर्दा ति किसानहरुले समयमै विउ , मल नपाएको पिडा पोखिरहँदा उम्मेदवारहरु केहि बोल्न सकिरहेका छैनन् । अन्न भण्डारको रुपमा रहेका बाँके र बर्दिया जिल्लामा आफुहरुले समयमै मल नपाउँदा उत्पादनमा समेत कमि भएको भन्दै गरी खान दिने उम्मेदवारलाई छान्ने सोचमा रहेका छन् ।

नियोकका प्रदेश संयोजक सुरेशकुमार गौतमका अनुसार वितृष्णाको राजनिति बढदै गएका कारण यस्तो दखिएको बताउनु भयो । उहाँका अनुसार चाडवाड आएसँगै छिमेकी देश भारत लगायत अन्य तेस्रो मुलुक बाट आएका मतदाताहरु चाडबाड सकिए लगत्तै निर्वाचनलाई व्यवास्ता गर्दे काम गर्न जाने तथा मेरो अधिकार के हो भन्ने विषयमा पनि पूर्ण रुपमा जानकारी हुन नसक्नु साथै राजनीतिक पार्टी प्रतिको अविश्वासका कारण पनि यस्ता सभा तथा आम सभामा मतदाताहरुको सहभागीता न्युन भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?