रुपन्देही–२ मा वामदेव समूहको समर्थन एमालेलाई

Read Time = 2 mins

बुटवल । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने घोषणा गरेको छ ।

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो ।

'हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं,' अभियानका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका अर्यालले भन्नुभयो । रुपन्देहीको विकासमा विष्णु पौडेलको भूमिकाको कसैले पनि अवमूल्यन गर्न नहुने उहाँले बताउनु भयो ।

अर्यालले एमाले उम्मेदवार विष्णु पौडेल सधैँ वाम एकताको पक्षमा लाग्ने र वामपन्थी शक्तिहरुको हितमा काम गर्ने भएकाले समर्थन गरेको जानकारी दिनु भयो। 'हाम्रो राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटीको बैठकबाट रूपन्देही २ मा एमालेलाई सघाउने निर्णय भएको छु, अर्यालले भन्नुभयो ।

आफ्नो पार्टी चुनावमा सहभागी नभएकाले अन्य क्षेत्रको विषयमा भने पछि निर्णय हुने उहाँले बताउनु भयो । उक्त अभियानले यस क्षेत्रमा आफ्नो करिब २ हजार ५ सय मत रहेको दाबी गर्दै आएको छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा उम्मेदवार विष्णु प्रसाद पौडेलले आफूले सबैको हित हुनेगरी साझा विकासमा जोड दिने बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?