Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।

६ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी सोमवार साँझ आइसल्याण्ड प्रस्थान गर्नुभएको हो । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ को कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणमा निस्कनुभएको छ । राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुग्नुभएको थियो ।

राष्ट्रपति आइसल्याण्ड प्रस्थानअघि उहाँलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

president

president 24

president 2

president 3

president 4

president island 1

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?