बैतडी । बैतडीमा निर्वाचनको अवधिभर मदिरा बिक्री बितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै कार्तिक २० गते देखि निर्वाचनको अन्तिम मतपरिणाम नआए सम्म मदिरा बिक्री बितरण ,ओसारपसार र सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई स्वच्छ , निष्पक्ष , भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कार्तिक २० गते अन्तिम मतपरिणम नआए सम्म मदिरा बेचबिखन ओसापसार र सेवनमा रोक लगाइएको उहाँले बताउनुभयो ।
गृह मन्त्रालको निर्देशन तथा जिल्ला सुरक्षा समिति र सरोकारवाला निकायसँगको छलफलगरे यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीद्वारा हस्ताक्षरीत सूचनामा उल्लेख छ । यदि मदिरा विक्रिवितरण, ओसारपसार र सेवन गरका पाइएमा कानुन बमोजिम कारवाही गरिने समेत चेतावनी दिइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका