लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री कल्पना पाण्डेले त्यागिन् लोसपा, समर्थन कस्लाई ?

हिमालय टाइम्स
Read Time = 3 mins

भैरहवा । लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताउनु भएको छ ।

भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुदा पार्टी परित्याग गरेको बताउनु भयो ।

लोसपा पार्टी परित्याग गरी उहाँसहित उहाँका समर्थकले स्वतन्त्र रुपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गर्नुभएको छ ।

तालमेललाई समर्थन गर्ने निर्णय लिनुभएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरन्जन थापाले माला र खादा लगाई स्वागत गर्नुभयो ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हाल्नुभएको थियो । जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बन्नुभएकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त हुनु भएको थियो ।

पार्टी परित्याग गर्नुभएकी पाण्डेले साम्प्रादायिक र व्यक्ती केन्द्रित राजनीतिबाट टाढा रहि राष्ट्र र राष्ट्रीयताको पक्षमा सधैँ रहने बताउनु भयो ।कुनै क्षेत्र समुदाय र व्यक्ती केन्द्रितबाट मुक्त भई आम नागरिकको हकहितमा लाग्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?