लिभरपुलको जितमा सलाह नायक

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनहमलाई दुई-एक गोल अन्तरले हराएको छ । लिभरपुलको जितमा मोहमद सलाह नायक बन्नुभयो । उहाँले लिभरपुलका लागि दुवै गोल गर्नुभएको थियो ।

खेलको ११औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाउनुभयो । सलाहले खेलको ४०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई दुई-शून्यले अघि बढाउनुभयो । त्यसपछि खेलको ७०औँ मिनेटमा टोटनहमका हृयारी केनले सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै लिभरपुलले १३ खेलमा १९ अंक जोडेको छ । लिभरपुल आठौँ स्थानमा रहेको छ । टोटनहम २६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
अर्को खेलमा आर्सनलले चेल्सीलाई एक-शून्य गोलअन्तरले पराजित गर्‍यो । योसँगै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल उक्लियो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गर्नुभयो । खेलको ६३औँ मिनेटमा उहाँले गोल गर्नुभएको थियो । जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अघि रहेको छ । चेल्सी २१ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

उता इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । युभेन्ट्सले इन्टर मिलानलाई दुई-शून्य गोल अन्तरले हराएको हो । युभेन्ट्सलाई जित दिलाउन एड्रियन राबिओट र निकोलो फागीओलीले एक-एक गोल गर्नुभयो । जितसँगै युभेन्ट्सले १३ खेलमा २५ अंक जोडेको छ । युभेन्ट्स पाँचौँ स्थानमा रहेको छ । इन्टर २४ अंक जोडेर सातौँ स्थानमा रहेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?