प्रदीप र प्रणवको जोडी फाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाउनुभएको हो ।

प्रदीप र प्रणवको जोडीले उपाधिका लागि ऋतिक राना र निशान श्रेष्ठको जोडीसँग खेल्नेछ । ऋतिक र निशानको जोडीले सेमिफाइनलमा केशव गौचन र सौरभ पन्तको जोडीलाई ६-१ र ६-१ ले पाखा लगाएको थियो ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ६-२ र ६-२ ले हराएर फाइनलमा स्थान बनाएको हो । यसै स्पर्धामा सन्तोष खत्री र सिमान्त गुरुङको जोडीले फाइनलको यात्रा तय गरेको छ । निरेश श्रेष्ठ र विजयमान तुलाधरको जोडी रिटायर्ड हर्ट भएपछि सन्तोष र सिमान्तको जोडी फाइनल पुगेको छ ।

यू-८ गल्र्समा सारा पन्त र थिया श्रेष्ठले फाइनलमा भिडन्त पक्का गर्नुभएको छ । साराले सेमिफाइनलमा निम्ति कुँवर र थियाले प्रकृति ज्ञवालीलाई हराउनुभयो । यू-१० ब्वाइजमा सुजन कुईंकेल र युभेनमन श्रेष्ठले फाइनलमा स्थान बनाउनुभयो । यू-१० गल्र्समा मेरिषा थापा र साल्भी शेरचनले फाइनलमा भेट पक्का गर्नुभएको छ ।

यू-१२ गल्र्समा स्वस्तिका विष्ट र सिभाली गुरुङले फाइनलमा स्थान बनाउनुभयो । यू-८ ब्वाइजमा आर्यशराज पौडेल, अरित मल्ल, भिदान्त चालिसे र सभ्यजंग कार्कीले सेमिफाइनलमा स्थान बनाउनुभयो । यू-९ ब्वाइजमा अरित मल्ल, सुजन कुईकेल, आर्यशराज पौडेल र विश्वविशेष डल्लाकोटीले अन्तिम चारमा स्थान सुरक्षित गर्नुभएको छ ।

यू–९ गल्र्समा सर्भाना गुरुङ, जेनिसा ज्ञवाली, सारा पन्त र अनुश्री धोजूले अन्तिम चारमा स्थान बनाउनुभएको छ । यू-१२ ब्वाइजमा असभ सम्राट हाडा, स्पन्दन उदास, अद्रित नेपाल र बृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । यू-१४ ब्वाइजमा निशद जोशी, आयुष्मान घले, दर्शिल श्रेष्ठ र बोरिस अधिकारीले अन्तिम चारको यात्रा तय गर्नुभएको छ ।

यू–१४ गल्र्समा सुनिरा थापा, नाला मास्के, सिभाली गुरुङ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । ४५ वर्षमाथिको पुरुष डबल्समा कृष्ण घले र महेश श्रेष्ठको जोडी, शिव सेढाईं र हिमाल शाहको जोडी, सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी तथा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।

५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र सुदर्शन विष्टको जोडी, हिमाल शाह र जोली तार्गेनको जोडी तथा निरञ्जनकुमार श्रेष्ठ र राम रानाको जोडीले सेमिफाइनलमा स्थान बनाएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको महिला/पुरुष एकल विजेताले ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार रुपैयाँ पाउने जनाइएको छ । महिला पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?