मंसिर २३ मा ‘द सोल अफ कमाण्डो’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘सोल अफ द कमाण्डो’ मंसिर २३ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । यो चलचित्रमार्फत २४ वर्षपछि फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उहाँले सन् १९९८ मा नेपाली चलचित्र ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गर्नुभएको थियो । अहिले पनि उहाँलाई मुख्य भूमिकामै देख्न सकिन्छ ।

युवराज (वीरबहादुर) राईको निर्देशन रहेको चलचित्रमा शिशिर वांगदेल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ ।

चलचित्रमा छायांकन दीर्घ गुरुङको, द्वन्द्व निर्देशन एनबी महर्जनको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गर्नुभएको छ । ग्रयाण्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट संकलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने बताउनुभएको छ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बु रहनुभएको छ भने कार्यकारी निर्मातामा विजय एल राई हुनुहुन्छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहनुभएका राईले नेपाली चलचित्र क्षेत्रमा पनि विशेष योगदान पु¥याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?