निर्माण व्यवसायीद्वारा शान्तिसुरक्षा माग

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उपकरण र निर्माण व्यवसायीमाथि आक्रमण नरोकिएको भन्दै शान्तिसुरक्षा माग गरेको छ । मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा अहोरात्र खटिएका निर्माण व्यवसायी र निर्माण उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै महासंघले शान्तिसुरक्षा माग गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै मुलुक संघीय तथा प्रदेश निर्वाचनमा होमिएर राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र उपकरणमाथि आक्रमण भएकोमा भत्र्सना गर्नुभएको छ । गत कात्तिक १४ गते ओखलढुंगा जिल्लामा पर्ने वांगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिएको महासंघले जनाएको छ ।

ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सिर्जनशील कन्स्ट्रक्सन प्रालि काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरमा चिसंखुगढी गाउँपालिका २ मा अज्ञात समूहबाट आगजनी गरिएको भन्दै महासंघले पीडित व्यवसायीलाई क्षतिपूर्तिसहित दोषीउपर कडा कारबाहीको माग गरेको छ, अन्यथा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?