काठमाडौं । पूर्व-नेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । पाँचौँ चरणसम्म एकल अग्रता बनाउनुभएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैटौँ चरणमा हराउन सफल बद्रीलालले सातौँ चरणको खेलमा जनार्दन श्रेष्ठसँग बराबरी नतिजा हासिल गर्नुभयो । तीनपटकका नेसनल च्याम्पियन बद्रीलालको ५० वर्षमाथिको उमेर समूहमा पहिलो उपाधि हो । उहाँले ५० हजार नगद प्राप्त गर्नुभएको छ ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा समान ५.५ अंक बनाउनुभएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्यले क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गर्नुभएको छ । पूर्व-नेसनल च्याम्पियन विलमलालले छैटौँ चरणमा रूपन्देहीका विजय गुरुङ एवं सातौँ चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पार्नुभयो ।
अर्का नेसनल च्याम्पियन पुण्यमानले छैटौँ चरणमा मोरङका भरत धिमाल र सातौँ चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएर तेस्रो स्थान हासिल गर्दै २० हजार नगद प्राप्त गरेको बैंकले जनाएको छ । विजेतालाई संघका अध्यक्ष विदुरप्रसाद गौतम, समृद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच