रियलमी सी ३० एस सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले सी सिरिजअन्तर्गत नयाँ रियलमी सी ३० एस सार्वजनिक गरेको छ । कम्पनीका अनुसार इण्डष्ट्री लिडिङ क्यापेसिटी फिंगर प्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी ३० एस सुरक्षा र गतिको उत्तम संयोजन हो, एन्टी–स्लिप डिजाइन भएको रियलमी सी ३० एसले प्रयोगकर्तालाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्छ ।

नयाँ मोडल सार्वजनिक गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताका विभिन्न आवश्यकता समेट्न हरदम तत्पर रहन्छौँ ।

रियलमीको यो सी सिरिज एन्ट्री-लेभल स्मार्टफोनमा नवीनतम् प्रविधि उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ ।’ एक सय ८२ ग्रामको यो स्मार्टफोनमा ६.५ इन्चको फुलस्क्रिन एलसिडी डिस्प्ले रहेको छ । आठ एमपी एआई रियर क्यामेरा र पाँच एमपी सेल्फी क्यामेरा रहेको फोनको मूल्य १३ हजार चार सय ९९ रुपैयाँदेखि १५ हजार नौ सय ९९ सय रुपैयाँ रहेकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?