काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा ओखर र फलफूल खेतीमा लगानी गर्ने भएको छ । सो सम्बन्धमा नेपाल र एडिबीबीच सम्झौता भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालस्थित एडिबीका देशीय निर्देशक अर्नौड काउक्वीइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब एक अर्ब ३० करोड अनुदान प्रदान गर्नेछ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड खर्च र नेपालले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ । परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुने बताइएको छ । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइने अर्थ मन्त्रालयले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका