Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको कात्तिक २२ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक २२ गते मंगलबार, ई.सं ८ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष पूर्णिमा, नक्षत्र- भरणी, योग- व्यतीपात, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२०, सूर्यास्तः १७ः१३ ।

मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?